रौतहट । रौतहटमा जारी निषेधाज्ञा असार ७ गतेसम्म थप गरिएको छ । कोरोना नियन्त्रणमा नआएको भन्दै जिल्ला प्रशासन कार्यालय रौतहटले असार ७ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।
यसअघि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले कोरोना संक्रमण अझै नियन्त्रणमा नआएकाले निषेधाज्ञा थप्न प्रशासनलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।
जिल्ला प्रशासन कार्यालयले यसपटकको निषेधाज्ञालाई केही खुकुलो बनाएको छ ।