२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवागढी नाकाबाट १०हजार सिलिण्डर आयात

अ+ अ-

रसुवा । कोभिड–१९ को सङ्क्रमणका कारण गम्भीर बिरामीको उपचारमा सहज बनाउन सरकारी निकायका साथै निजी व्यवसायीले पनि रसुवागढी नाकाबाट अक्सिजन सिलिण्डर आयात गरिरहेका छन् ।

चीन सरकारको सहयोगमा केही दिन अगाडि भित्रिएको एक हजार ५०० सिलिण्डरका साथै निजी व्यवसायीबाट पनि अक्सिजन सिलिण्डर आयात गर्ने काम भइरहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ । प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार दोस्रो लहरको कोरोना सङ्क्रमण बढेपश्चात वैशाखदेखि हालसम्म निजी क्षेत्रका व्यापारी व्यवसायीले करिब १० हजार थान अक्सिजन सिलिण्डर नेपाल भित्र्याइसकेका छन् ।

मानव उपचारका लागि आयात गरिएका कुनै पनि माल सामग्री चीनको उत्पादक कम्पनीबाट रसुवागढीको मितेरी पुल पुग्नासाथ तुरून्तै भन्सार प्रक्रिया पूरा गरी काठमाडौँ पठाउने कामलाई पहिलो प्राथमिकता दिइएको भन्सार कार्यालयका कर्मचारीले बताएका छन् ।

कोरोना सङ्क्रमणको असरले बिहानको समयमा मात्र सामग्री आयात हुने गरे पनि चिनियाँ भन्सार कार्यालयका कर्मचारीसँग आफ्नो अत्यन्तै नरम सद्भाव भएका कारण स्वास्थ्य सामग्री बोकी आएका सवारी साधन बिहानदेखि साँझसम्म नेपाल भित्रिने वातावरण बनाइएको प्रमुख भन्सार अधिकृत रेग्मीले बताए।

अक्सिजन सिलिण्डरका लागि नेपाल सरकारको निर्णयानुसार भन्सार शुल्क छुट गरिएको छ । सिलिण्डरका साथै स्यानिटाइजर तथा मास्कसमेतका वस्तु आयात भइरहेको छ । यस्तै चीनबाट दैनिक सातवटा चिनियाँ ठूला कन्टेनरद्वारा नियमित सामग्री आयात भइरहेको छ ।

दैनिक आयात भइरहेका सामग्रीमध्ये बिरामीलाई अत्यावश्यक पर्ने स्याउ सबैभन्दा बढी परिमाणमा रहेको छ । आयात भएका अन्य सामग्रीमा ओखर, लसुन, अदुवाका साथै तयारी पोशाक, नेपालमा निर्माणाधीन विद्युत्का सामग्री, जुत्ताचप्पलजस्ता विविध मालवस्तु छन् । गत वैशाख तथा यही जेठ महिनाको २९ गतेसम्म करिब रु ७० करोड भन्सार शुल्कवापत राजश्व असुली भएकोसमेत प्रमुख भन्सार अधिकृत रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस