२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोली लागेर घाइते भएकी निलुको मृत्यु

अ+ अ-

पर्सा । अज्ञात व्यक्तिले चलाएको गोली लागेर गम्भीर घाइते भएकी निलु पटेलको गएराति उपचारको क्रममा मृत्यु भएको छ ।

घरमा सुतिरहेको बेला अज्ञात व्यक्तिले चलाएको गोली लागि गम्भीर घाइते भएकी वीरगन्ज उप–महानगरपालिका वडा नं. १४ पिपरा निवासी वीरेन्द्र पटेलकी २३ वर्षीय श्रीमती निलुको गएराति वीरगन्जको नेसनल मेडिकल शिक्षण अस्पतालमा उचारको क्रममा मृत्यु भएको हो ।

घाइते निलुकोे देब्रे कन्चटमा रहेको गोली मङ्गलबार शिक्षण अस्पतालमै शल्यक्रिया गरी निकालिए पनि स्वास्थ्यमा कुनै सुधार नआएकाले राति ९ः१५ बजे उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब निरीक्षक चक्रराज जोशीले बताए ।

यही चैत २९ गते मङ्गलबार श्रीमानसँगै कोठामा सुतिरहेका बेला बिहान २ बजेतिर अज्ञात व्यक्तिले चलाएको गोली लागि निलु गम्भीर घाइते भएकी थिइन् । घटनाबारे अनुसन्धानका लागि निलुका श्रीमान् वीरेन्द्रलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

निलु हत्या कान्डमा परिवारकै सदस्यको हात भएको अनुसन्धानबाट देखिएकाले सोधपुछका लागि उनका श्रीमान्लाई जिल्ला पहरी कार्यालमा राखिएको प्रवक्ता जोशीले बताए । रासस

प्रतिक्रिया दिनुहोस