चीनले अनुदानमा दिएको ८ लाख डोज खोप भोली दिउँसो काठमाडौँ आइपुग्ने « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

चीनले अनुदानमा दिएको ८ लाख डोज खोप भोली दिउँसो काठमाडौँ आइपुग्ने


१७ जेष्ठ २०७८, सोमबार


काठमाडौँ । चीन सरकारले अनुदानमा दिएको कोरोना भाइरस विरूद्धको खोप ल्याउन नेपाल एयरलाइन्सको जहाज बेइजिङ जाने भएको छ।

सोमबार राति ११ बजे काठमाडौँबाट एयरबस ए ३३० जहाज बेइजिङ जाने कार्यतालिका छ। एयरलाइन्सका अपरेशन डाइरेक्टर दिपु जुहार्चनका अनुसार जहाजबाट आठ लाख डोज खोप ल्याइने छ।

यसअघि चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई १० लाख डोज खोप अनुदान दिने घोषणा गरेका थिए। त्योमध्ये बेइजिङबाट ८ लाख डोज ल्याउने जिम्मेवारी आफूहरूलाई दिइएको जुहार्चनले जानकारी दिए।

खोप ल्याएर जहाज मंगलबार दिउँसो २ बजे काठमाडौँ आइपुग्ने छ। पछिल्लो समय नेपाल एयरलाइन्सले मेडिकल कार्गो उडान निमयति रूपमा गर्दै आएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस