एमालेको स्थायी कमिटीको बैठक बस्दै « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

एमालेको स्थायी कमिटीको बैठक बस्दै


१७ जेष्ठ २०७८, सोमबार


काठमाडौँ। नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ । आइतबार बोलाइएको बैठक स्थगित भएपछि आज बिहान १० बजे बस्ने भएको हो ।

स्पष्टीकरण सोधिएका नेताहरुलाई थप कारबाहीलगायतका विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाइएको एक नेताले जानकारी दिए ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमाबस्ने छ ।

यसअघि १० जेठको बैठकले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो भने घनश्याम भुसालसहित थप १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन रहेको भन्दै हस्ताक्षर गरेका १२ सांसदसँग एमालेले स्पष्टीकरण मागेको थियो । स्पष्टीकरण सोधिएकाहरुमा घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, सुरेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट, विरोध खतिवडा र नारायण खतिवडा छन् । उनीहरूले स्पष्टीकरण बुझाएका छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस