२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

 दुधकोशी गाउँपालिकाद्वारा विद्यार्थी मूल्याङ्कन निर्देशिका २०७८ जारी

अ+ अ-

सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले विषम परिस्थितिमा कक्षोन्नतीका लागी विद्यार्थी मूल्याङ्कन निर्देशिका २०७८ जारी गरेको छ ।

बिहीबार बसेको गाउँशिक्षा समितिको बैठकले उक्त निर्देशिका स्वीकृत गरेको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए ।

दोस्रो लहरको कोरोना महामारीका कारण शैक्षिक गतिविधि ठप्प हुनका साथै वार्षिक परीक्षा समेत रोकिएको अवस्थामा उक्त निर्देशिका जारी गरिएको गाउँपालिकाले जनाएको छ ।

२०७७ लाई शैक्षिक सुधार वर्ष घोषणा गरेको थुलुङदुधकोशीले कोरोनाको सङ्क्रमणदर बढेसँगै पूर्वनिर्धारित अन्तिम परीक्षा स्थगित गरेको थियो । दिनप्रतिदिन कोरोनाको महामारी बढ्दै गएकाले समग्र शैक्षिक गतिविधिनै अन्योलमा परेको छ ।

परीक्षा सञ्चालन गर्ने विषयमा नेपाल सरकारका विभिन्न तहका निकाय छलफलमा जुटिरहेको बेला थुलुङदुधकोशीले भने विद्यार्थीको शैक्षिक स्तरलाई ध्यान दिदै मूल्याङ्कनमा एकरुपता ल्याउने गरि निर्देशिका जारी गरेको अध्यक्ष राईको भनाई छ ।

विद्यालयले सञ्चालन गरेको परीक्षा, कक्षा सहभागीता, हाजिरी, परियोजना कार्य, अनुशासन र निरन्तर विद्यार्थी मूल्याङ्कनलाई आधार मानेर मूल्याङ्कन गर्ने निर्देशिकामा उल्लेख छ ।

निर्देशिकाअनुसार परीक्षा समिति संयोजक तथा प्रधानाध्यापकको संयोजकत्वमा प्रध्यानाध्यापकले तोकेको शिक्षक, तहगत इन्चार्ज र कक्षा शिक्षक मध्ये कम्तीमा एक महिला शिक्षक सहित २ जना सदस्य रहने गरि मुल्याङ्कन समिति रहने छ, जसको काम, कर्तव्य र अधिकारमा निर्देशिकाले तोकेको अनुसूची अनुसार अभिलेख तयार पार्ने, तयार अभिलेखलाई शिक्षकहरुसंग छलफल गर्ने र प्राप्त सुझावलाई समावेश गर्ने, त्यसपछि समिति संयोजकले व्यवस्थापन समितिलाई प्रतिवेदन बुझाउने रहेको छ ।

प्रतिक्रिया दिनुहोस