२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्वत अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी तलबविहीन

अ+ अ-

पर्वत । पर्वत अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरू पाँच महिनादेखि तलबविहीन बनेका छन् । कोष तथा लेखा नियन्त्रक कार्यालयले टिएसए पद्धतिअनुसार खाता सञ्चालन गर्न भन्दै चालु अवस्थामा रहेको खाता सञ्चालनमा रोक्का गरेपछि उनीहरु तलब पाउनबाट बञ्चित बनेका हुन् । अस्पतालको नेपाल बैंक लिमिटेड पर्वत शाखामा राखेको खाता रोकिएको छ ।

काम गरेको लामो समय हुँदा समेत तलब नपाउँदा अस्पतालको कोषबाट तलब खाने १५ जना कर्मचारी समस्यामा परेका हुन् । ‘यो महामारीको बेलामा हातमुख जोड्न नै कठिन हुने बेला आएको छ । बिहानदेखि बेलुकासम्म बिरामीको सेवा ध्यान दिनुपर्छ । तलब नआउँदा बिरामीको उपचारमा खटिनसमेत कठिनाइ भएको छ’, डा. डिबी क्षेत्रीले भने, ‘दैनिक रोजिरोटीकै समस्या भएको छ ।’

करारमा कार्यरत कर्मचारीहरूले समस्याबारे जानकारी गराउँदै अस्पताल प्रशासन र अस्पताल व्यवस्थापन समितिमा निवेदन दिइएको भए पनि कोलेनिकाबाट खाता सञ्चालनको अनुमति नआएका कारण माग सुनावाइ नभएको उनको भनाइ छ ।

अस्पतालका कर्मचारी राजेश गिरीले केही चिकित्सकले माघदेखि र कर्मचारीले फागुनदेखि तलब नबुझेको बताए । तलबकै आधारमा बजारमा बसेर पेट पाल्नेहरूलाई समस्या भएको उहाँको भनाइ छ ।

अस्पताल व्यवस्थापन समितिको खाताबाट तलब पाउने ती १५ जना कर्मचारीमा मासिक रु १३ हजार रुपैयाँदेखि दुई लाख २७ हजारसम्म पाउनेहरू छन् । मासिक करीब रु.सात लाख तलबमा खर्च हुन्छ ।

कोरोना सङ्क्रमण अवस्था भयावह भइरहेको बेलामा विभिन्न सामग्रीहरू खरिद गर्नुपर्ने तथा उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई पनि तलब दिनुपर्ने बेलामा अस्पतालको खाता सञ्चालन रोकिँदा समस्या भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले बताए ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख मोहनशरण भण्डारीले सरकारी कारोबार निर्देशिका २०७६ आइसकेपछि चल्ती खातामा कारोबार गर्न नपाइने नियम अनुसार खाता सञ्चालनमा समस्या भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस