२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इरानको राष्ट्रपतिमा सात जना उम्मेदवार

अ+ अ-

दुबई । इरानमा आगामी जुन १८ मा सम्पन्न हुने राष्ट्रपतिको चुनावका लागि सात जना उम्मेदवार छनौटमा परेका छन् ।

सिफारिस गरिएका उम्मेदवारहरुमा इरानका प्रधानन्यायाधीश समेत अन्य छ जना रहेका छन् तर वर्तमान राष्ट्रपतिको गठबन्धनका व्यक्तिलाई उम्मेदवारको सूचीबाट हटाइएको छ ।

इरानी टेलिभिजनले न्यायपालिका प्रमुख इब्राहिम रैसीलाई मुख्य उम्मेदवारका रुपमा घोषणा गरेको छ । उनले भ्रष्टाचार विरोधी अभियानमा शसक्त भूमिका खेलेको भन्दै आमजनताले उनका कार्यको प्रशंसा गर्ने गरेका छन् ।

रैसीलाई ८२ वर्षीय इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीको पनि समर्थन रहेको बताइन्छ । तर इरानको गार्डियन काउन्सिलले वर्तमान राष्ट्रपति हसन रौहानीको समर्थन प्राप्त पूर्व सभामुख अलि लारिजानीको उम्मेदवारी खारेज गरिदिएको छ । लारिजानीले आफू व्यवहारिक नेता भएको र सन् २०१५ को आणविक सम्झौताको पक्षधर भएको बताउँदै आउनु भएको थियो ।

लारिजानीले गार्डियन काउन्सिलको निर्णय विरुद्ध उजुरी नगर्ने सङ्केत गरिसकेका छन् । लारिजानीले ट्वीटरमा लेख्दै आफूले इश्वर र राष्ट्रका लागि इमान्दारीपूर्वक काम गरिसकेको र आफू त्यसैमा सन्तुष्ट रहेको बताएका छन्

गार्डियन काउन्सिलले अस्वीकार गरेका अन्य व्यक्तिहरुमा पूर्व राष्ट्रपति महमुद अहमदिनेजाद र रौहानीका वरिष्ट उपराष्ट्रपति इशाक जहाँगिरी पनि रहेका छन् ।

सर्वोच्च नेता खामेनीको नेतृत्वमा रहेको १२ सदस्यीय गार्डियन काउन्सिलले राष्ट्रपतिका उम्मेदवारहरुको चयन गर्ने गर्दछ ।

सन् २०१७ को राष्ट्रपति चुनावमा पराजित भएका रैसीलाई खामेनीले सन् २०१९ मा न्यायपालिकाको प्रमुखको रुपमा नियुक्त गरेका थिए ।

गार्डियन काउन्सिलले सिफारिस गरेका अन्य उम्मेदवारहरुमा पूर्व आणविक मध्यस्थकर्ता सईद जलिलि, पूर्व रिभोल्युसनरी गार्डका कमान्डर मोहसिन रेजाई, पूर्व सांसद अलि रेजा जकानी, सांसद अमिर होसेन घाजीजादेह, पूर्व प्रान्तीय गभर्नर मोहसिन मेहरालिजादेह र इरानको केन्द्रीय बैंकका गभर्नर अब्दोलनासेर हेमाटी रहेका छन्।

प्रतिक्रिया दिनुहोस