२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यो नेपालको इतिहासमा कलंकको रुपमा दर्ज हुनेछ : नेपाल

अ+ अ-

काठमाडौँ। नेकपा एमालेका नेता माधवकुमार नेपालले संविधान मिच्दै देशलाई निर्वाचनतिर धकेल्नु अपराधपूर्ण काम भएको बताएका छन् । शनिबार एक वक्तव्य जारी गर्दै देश कोरोना महामारीको चपेटामा परेका बेला देशलाई निर्वाचनमा धकेलिएको उनले बताए ।

अगाडी भनिएको छ,‘हामीले नेपालको संविधान, लोकतन्त्र र स्वयं हाम्रो पार्टीको रक्षा गर्न सबै प्रकारका प्रयास गर्यौं । यस प्रयोजनका लागि देशको संविधान र पार्टीको विधान बमोजिम पार्टीलाई एकताबद्ध गर्दै राष्ट्रलाई एकताबद्ध गर्न प्रधानमन्त्रीसमेत रहनु भएका पार्टी अध्यक्ष केपी ओलीसँग वार्ता गर्ने, लिखित प्रस्ताव पठाउनेलगायत काम गरेका थियौं । तर, त्यसप्रति देश र पार्टीलाई अनिश्चयतर्फ धकेल्न उद्यत प्रधानमन्त्री ओलीबाट कुनै वास्ता गरिएन । त्यसो गर्नुको आशय प्रतिनिधि सभाको विघटनमा प्रकट भएको छ ।’

उनले अगाडी भनेका छन्,‘देश कोरोना महामारीको चपेटामा परिरहेको बेला देश, राजनीतिक दलहरु र आफ्नै दललाई एकतावद्ध बनाई महामारीका विरुद्ध जुझ्नु पर्ने बेलामा देशलाई संविधान मिच्दै जबरजस्ति निर्वाचनमा धकेल्नु राष्ट्र र जनताविरुद्ध अपराधपूर्ण कार्य हो । यो नेपालको इतिहासमा कलंकको रुपमा दर्ज हुनेछ ।’

प्रधानमन्त्री र राष्ट्रपतिको साँठगाँठमा संसद विघटन गरेको नेता नेपालको आरोप छ । उनले देश, जनता र लोकतन्त्र नै खतरामा परिरहेको विद्यमान जटिल परिस्थितिमा नवौँ राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशन, पार्टी विधान र लोकतन्त्रका पक्षधर पार्टीका नेता, कार्यकर्ता, सदस्य र शुभेच्छकहरुमा दृढताका साथ एकताबद्ध भई प्रधानमन्त्री र राष्ट्रपतिको संविधान विरोधी प्रतिगमनकारी कार्यविरुद्ध अघि बढ्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस