२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आन्तरिक मामिलामन्त्रीका संयोजकत्वमा अक्सिजन अनुगमन समिति

अ+ अ-

धनुषा । प्रदेश सरकारले कोरोना संक्रमितको उपचारमा सबैभन्दा महत्वपूर्ण रहेको अक्सिजन ग्यासको अभाव हुन नदिन आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवका नेतृत्वमा अक्सिजन ग्यास अनुगमन व्यवस्थापन समिति गठन गरेको छ ।

प्रादेशिक कोभिड संकट व्यवस्थापन समितिको आजको बैठकले पछिल्लो समय प्रदेशका अक्सिजन प्लान्टबाट बाहिर ग्यास पठाइएका हुँदा अभाव देखिएकाले उक्त समस्या समाधान गर्न मन्त्री यादवका अध्यक्षतामा सुरक्षा निकायका प्रमुख रहने गरी समिति गठन गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतका अध्यक्षतामा सम्पन्न पिसिसिएमसीको बैठकले कोरोना संक्रमितको उपचार भइरहेको प्रदेशका सरकारी तथा निजी अस्पतालको अनुगमनका लागि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहका अध्यक्षतामा विज्ञ समूह गठनसमेत गरेको छ ।

‘निषेधाज्ञा’मा अभ्यस्त बन्दै जनकपुरधाम
कोरोना भाइरस महामारीको दोस्रो लहरले निम्त्याएको विपत्तिको रोकथाम र नियन्त्रणका लागि चौतर्फी सतर्कताका लागि स्थानीय प्रशासन/सरकारले जारी गरेको ‘निषेधाज्ञा’मा जनकपुरधामवासी बिस्तारै अभ्यस्त हुँदै गएका छन् । गत वैशाख २१ गते जारी निषेधाज्ञाका शुरुमा स्थानीयवासी त्यति वास्ता नगरे पनि अहिले केही दिनयताका निकै प्रयासबीच अभ्यस्त हुँदै गएका हुन् ।

जनकपुरधामका मुख्य भानु चोक, शिव चोक, विद्यापति चोक, पिंडारी चोक, रमानन्द चोक, जनक चोक, जानकी चोकलगायत क्षेत्र ठप्प रहेको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जीतेन्द्र महासेठले भने । ‘पूरै तयारीका साथ सबैतिर प्रहरी परिचालन गरिएको छ’, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले भने, ‘अटेरी गर्नेलाई थुन्ने आदेश भएकाले सोहीबमोजिम गरिनेछ ।’

ग्रामीण क्षेत्रमा छैन प्रभाव
ग्रामीण क्षेत्रमा भने त्यसको प्रभाव खासै परेको छैन । शहर बजार पूर्ण रुपमा निषेधाज्ञा भइरहँदा गाउँघर भने सामान्य अवस्थामा नै छन् ।

वटेश्वर गाउँपालिका ५ शान्तिपुरका किसान रामजीवन यादवले भने, ‘दैनिकजसो खेतबारीमै व्यस्त हुने भएकाले कोरोना भाइरसबारे सोच्ने फुर्सद कहाँ छ र हामीलाई रु उनले गाईवस्तु स्याहार सुसार गर्ने, दुध दुहने, बारी तयार गर्ने, घाँस काट्ने काममा आफूहरु व्यस्त रहेको बताए ।

अझै पनि महिलाहरु समूह बनाएर कृषि कर्ममा लागिरहेका छन् । ग्रामीण महिला गाईभैंसी स्याहार्ने, घाँस काट्ने, दूध दुहुने, तरकारी बेच्ने, खेतबारी तयारी गर्ने जस्ता काममा व्यस्त छन् । क्षीरेश्वरनाथ नगरपालिका वडा नं ८ का शिक्षक रामप्रीत यादवले भने, ‘गाउँमा लकडाउनको कुनै प्रभाव छैन, अलि जान्ने बुझ्नेहरु सचेत देखिन्छन्, बाँकीलाई कुनै मतलब नै छैन, गर्मी शुरु भएका कारण एक ठाउँमा भेला हुने, गफ गर्ने, तास खेल्ने दिनचर्या नियमित नै छ ।’

धनुषा जिल्ला समन्वय समितिका सभापति रामदेव यादव बनरैतले पनि लकडाउनको प्रभाव गाउँघरमा नदेखिएको बताए । ‘मान्छेहरु बेवास्ता गरेर हिँडिरहेका छन्, कसैको सल्लाहसुझाव मानिरहेका छैनन्,’ उनले भने, ‘शुरुमा गाउँघरका मान्छे पनि अलिअलि डराएका थिए तर अहिले बेवास्ता गरिएको छ ।’

मिथिला नगरपालिकाका प्रमुख हरिनारायण महतोले गाउँघरमा गाईवस्तु चराउनेदेखि लिएर अहिले नगदे बाली भित्र्याउने समय भएका कारणले पनि अलि बढी चलायमान देखिएको स्पष्ट गरे ।

प्रतिक्रिया दिनुहोस