२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी

अ+ अ-

काठमाडौँ । मुलुकभरका कूल ७५३ स्थानीय तहमध्ये अब तीन मात्रै स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुल्न बाँकी रहेका छन् । सबै स्थानीय तहमा वित्तीय सेवा तथा पहुँच पु¥याउने सरकारको योजना पूरा हुन लागेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार अब धादिङको रुबीभ्याली गाउँपालिका, जाजरकोटको जुनीचाँदे गाउँपालिका र बझाङको काँडा गाउँपालिकामा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी छ ।

केन्द्रीय बैंकले कूल ७५३ स्थानीय तहमध्ये ७५० स्थानीय तहमा (क)वर्गका वाणिज्य बैंकका शाखा विस्तार भएको जनाएको छ । विसं २०७६ को चैत मसान्तसम्मको विवरणमा भने कूल ७४६ स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुलेका थिए । विसं २०७७ को चैत मसान्तसम्म भने ७५० स्थानीय तहमा शाखा खुलेका छन् ।

बाँकी रहेका स्थानीय तहमा समेत आवश्यक भौतिक पूर्वाधार, सूचना सञ्चार तथा अन्य सुरक्षाको प्रबन्ध गरेर छिट्टै वाणिज्य बैंकका शाखा खुल्ने केन्द्रीय बैंकले विश्वास लिएको थियो ।

ग्रामीण क्षेत्रका नागरिकलाई समेत सहज रुपमा वित्तीय सेवा र पहुँच पुर्‍याउनका लागि नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई पनि विशेष सुविधा र सुहलियत दिँदै आएको छ ।

यस्तै गत चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको सङ्ख्या १४० रहेको छ । त्यसमध्ये २७ वाणिज्य बैंक, १८ विकास बैंक, २० वित्त कम्पनी, ७४ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक सञ्चालनमा छन् । देशभर बैंक तथा वित्तीय संस्थाको शाखा सङ्ख्या १० हजार ५४६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस