१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आलोपालो गर्दै बागलुङका बैङ्क तथा वित्तीय संस्था

अ+ अ-

बागलुङ । कोरोना सङ्क्रमणको जोखिम हुन नदिन सदरमुकाममा सञ्चालित बैङ्क तथा वित्तीय संस्थाले आलापालो गरी सेवा दिने भएका छन् ।

आजदेखि लागू हुने गरी नेपाल बैङ्क लिमिटेड हप्ताको तीन दिन र अन्य बैङ्क तथा बिमा कम्पनी आलापालो गरेर हप्ताको दुई दिन मात्र खुल्ने छन् । नेपाल बैङ्क लिमिटेडले आइतबार, मङ्गलबार र बिहीबार सेवा दिने जनाइएको छ ।

सदरमुकाममा २८ वाणिज्य/विकास बैङ्क र दर्जन बढी बिमा कम्पनी सेवारत छन् । न्यून कर्मचारीको उपस्थितिमा जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गरी बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मात्र सेवा सञ्चालन गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेश गौतमले जानकारी दिए ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले बैङ्कर्स एशोसिएसन र वित्तीय संस्थाका प्रतिनिधिसँगको छलफलपछि आलोपालो र समयको निर्धारण गरेको हो । प्रभु बैङ्कले भने सरकारी कार्यालयसँग समन्वय गरी आवश्यकताअनुसार राजश्व काउन्टर सञ्चालन गर्ने जनाइएको छ ।

सबै बैङ्क एकसाथ खुल्दा सेवाग्राहीको भिडभाड हुने र कोरोना सङ्क्रमणको जोखिम बढ्ने हुँदा आलोपालो गरेर बैङ्क खोल्ने निर्णय गरिएको बैंकर्स एशोसिएसनले जनाएको छ । एशोसिएसनले सेवा सञ्चालन गर्दा अनिवार्य रुपमा स्वास्थ्य सुरक्षा सावधानी अपनाउन सबै बैङ्कहरूलाई आग्रह गरेको छ ।

बागलुङ नगरपालिकामा मङ्गलबारदेखि दश दिनसम्मलाई निषेधाज्ञा जारी गरिएको छ । स्थानीय प्रशासनले खाद्यन्न, तरकारी, फलफूल, दूध, मासुलगायत दैनिक उपभोग्य वस्तुका पसल पनि बिहान ७ देखि १० बजेसम्म खोल्न दिने निर्णय गरेको छ । अन्य पसल, व्यवसाय बन्द छन् । अत्यावश्यकबाहेकका सवारीसाधन पनि ठप्प छन् ।

कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै गएपछि निषेधाज्ञालाई थप कडा तुल्याइएको छ । जिल्ला प्रशासन कार्यालयले सवारी अनुमति पत्र पनि वितरण नगर्ने निर्णय गरेको छ । जिल्लाका अन्य स्थानीय तहमा पनि निषेधाज्ञा जारी गरिएको छ । कोरोना सङ्क्रमणको दोस्रो लहर फैलिएसँगै जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या २०० नाघेको छ । अधिकांश सङ्क्रमित होम आइसोलेशनमै रहेपनि गम्भीर लक्षण लिएर अस्पताल पुग्ने सङ्क्रमितको सङ्ख्या पनि दैनिक बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस