२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वका ४० भन्दा बढी देशले भारतलाई सहयोग गर्ने

अ+ अ-

नयाँ दिल्ली । विश्वका ४० भन्दा बढी देशले भारतलाई कोभिड– १९ का विरुद्धको लडाईमा सघाउने जनाएका छन् । ती देशहरुले भारतलाई आवश्यक औषधि तथा स्वास्थ्य उपकरणहरु सहयोग गर्ने बताएका भारतीय विदेश सचिव हर्षवर्धन शृंगलाले जानकारी दिएका छन् ।

उनले विश्वका ४० भन्दाबढी देशले भारतले कोभिडका विरुद्धमा गरेको संघर्षलाई सघाउने बताएका बताए । ती देशहरुले भारतलाई आवश्यक पर्ने औषधि, स्वास्थ्य उपकरणहरु, जनस्वास्थ्य अधिकारीहरु, अक्सिजन उत्पादनका लागि आवश्यक पर्ने उपकरण तथा सामग्रीहरु आदि सहयोग गर्ने भएका हुन् ।

भारतमा हाल कोभिडको अवस्था निकै तिब्र गतिमा बृद्धि भएको छ । यहाँ दिनहुँ लाखौँ जना नागरिक कोभिडबाट सङ्क्रमित हुने गरेका छन् भने कम्तीमा पनि दुई हजार जना मानिस यही सङ्क्रमणबाट नै मृत्यु हुने गरेका छन् ।

भारतका अधिकारीहरुले बिहीबारको तथ्यांक सार्वजनिक गरेअनुसार त्यहाँ तीन लाख ८० हजार भन्दा बढी व्यक्तिमा सङ्क्रमण भएको छ भने ३ हजार ६०० भन्दा बढीको यही संक्रमणबाट ज्यान गएको छ । हाल भारतका दुई लाखभन्दा बढीको यसै संक्रमणबाट ज्यान गइसकेको बताइएको छ ।

भारतमा पछिल्लो समयमा अस्पतालमा बेड अभाव भएको छ भने सिकिस्त विरामीलाई अक्सिजन दिन सक्ने अवस्था पनि नभएको देखिएको छ । भारतको यो अवस्था भएका कारण विश्वका देशहरुले उसलाई सहयोग गर्ने बताएका हुन् ।

यसअघि संयुक्त राष्ट्रंघले कोभिड १९ का विरुद्धमा लड्न भारतलाई सघाउने बुधबार मात्र जनाएको थियो । संयुक्त राष्ट्रंघका प्रवक्ताले बुधबार कोभिड १९ को संक्रमणका कारण हाल भारतको अवस्था निकै जटिल भएकोले संयुक्त राष्ट्रंघले यसका विरुद्धमा भारतलाई सघाउने भएको बताएका थिए ।

विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रंघीय बालकोषले भारतका लागि अक्सिजनका लागि आवश्यक उपकरणहरु खरिद गरेर पठाएको बताएका छन् । त्यस्तै भारतका अस्पतालहरुमा आवश्यक भेन्टिलेटरहरु पनि पठाइएको संयुक्त राष्ट्रंघले जनाएको छ ।

यसका साथै विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रंघीय विभिन्न निकायले भारतलाई पिपिइ, पिसिआर परीक्षण गर्ने मेसिनका साथै अरु उपकहरणहरु पनि पठाएको जनाएका छन् । भारतको सबैभन्दा बढी प्रभावित रहेको राज्य महाराष्ट्रका लागि विश्व स्वास्थ्य संगठनले २ हजार ६०० भन्दा बढी स्वास्थ्यकर्मी, चिकित्सकहरु तथा अन्य अधिकारीहरु पठाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस