२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सुकुम्बासीलाई जग्गाको पूर्जा वितरण गरिने’

अ+ अ-

मोरङ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री डा शिवमाया तुम्बाहाङ्फेले भूमिसम्बन्धी समस्या समाधान आयोगले सुकुम्बासीलाई जग्गाको पूर्जा वितरण गर्ने जानकारी दिएकी छन्।

प्रेस चौतारी मोरङद्वारा आज यहाँ आयोजित ‘जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार’ वितरण गर्दै उनले सरकारले संविधान र ऐनअनुसार निर्माण गरेको आयोगले जग्गाको पूर्जा वितरण गरी सधैँको समस्याको अन्त्य गर्ने बताइन्।

उनले सरकार सम्पूर्ण जनताको स्वास्थ्य जीवनरक्षाको लागि प्रतिबद्ध रहेको चर्चा गर्दै कोभिड–१९ सङ्क्रमित जनताको निःशुल्क स्वास्थ्य उपचार एवं खोपको व्यवस्था गरिरहेको जानकारी दिइन्। उनले पत्रकारिता क्षेत्रले सिङ्गो मुलुकलाई प्रभावित गर्ने हुनाले सत्यतथ्यका आधारमा समाचार पस्कनुपर्ने बताएकी छन् । उनले मुलुक आम निर्वाचनतर्फ जान उन्मुख रहेको चर्चा गर्दै निर्वाचनमा उत्साहपूर्ण सहभागिताका लागि मतदाता नामावलीमा नाम छुटेका तथा उमेर पुगकाले आफ्नो नाम अद्यावधिक गर्न सबैसँग आग्रह गरिन् ।

प्रादेशिक सञ्चार प्रतिष्ठानका निर्देशक यज्ञ शर्माले सञ्चारकर्मीले व्यावसायिक दक्षता वृद्धि गर्नुपर्नेमा जोड दिए । नेकपा एमालेका मोरङ अध्यक्ष ऋषिकेश पोखरेल, नेपाल पत्रकार महासङ्घ प्रदेश अध्यक्ष लीलावल्लभ अधिकारी, प्रेस चौतारी प्रदेश उपाध्यक्ष लीलाराज भट्टराई, सञ्चारकर्मी महेन्द्र विष्ट, माधव अधिकारी, चौतारी मोरङ संयोजक सुदीप कोइराला र शशाङ्क पौडेल स्व मैनालीले पत्रकारिताका माध्यमबाट जनतामा चेतना जागृत गराउन ठूलो भूमिका खेल्नु भएको चर्चा गरे।

पुरस्कृत पत्रकार कमल पौडेल अस्वस्थ्य भएकामा उनका छोरा विभिन्न पौडेललाई नगद रु १५ हजार ५१५ र प्रमाणपत्र प्रदान गरिएको थियो । स्व मैनाली विराटनगरलाई कार्य क्षेत्र बनाई दैनिक एवं विभिन्न साप्ताहिक पत्रपत्रिकामा समाचार सम्प्रेषण गर्थे ।