ओली-नेपालबीच मेरियट होटलमा दोस्रो वार्ता शुरु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

ओली-नेपालबीच मेरियट होटलमा दोस्रो वार्ता शुरु


९ बैशाख २०७८, बिहिबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच नक्सालस्थित होटल मेरियटमा वार्ता शुरु भएको छ ।

यसअघि हिजो ९बुधबार० बेलुका पनि ओली–नेपालबीच २ घण्टा भन्दा लामो वार्ता भएको थियो । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले वार्ता नै नभएको अवस्थामा दुई नेताबीचको संवादले सकारात्मक संकेत गरेको बताएका थिए ।

एमाले अध्यक्ष ओलीको निर्णयविरुद्ध माधव समूहका नेताहरु बुधबार दिउँसो सर्वोच्च अदालत गएका थिए । तर, उनीहरुको रिट निवेदन दर्ता भएको छैन ।

नेपाल समूहका चार प्रदेशसभा सदस्यले कर्णालीमा फ्लोर क्रस गरेपछि मंगलबार माधव नेपाल पक्षका २७ सांसदलाई स्पष्टीकरण सोधिएको छ । चित्तबुझ्दो स्पष्टीकरण नआए १० गते बस्ने महाधिवेशन आयोजक समितिको बैठकले कारबाही गर्ने ओली समूहका नेताहरुले बताउँदै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस