एमाले सांसद रावल बसेको घरमा ढुंगा प्रहार « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

एमाले सांसद रावल बसेको घरमा ढुंगा प्रहार


प्रशासन संवाददाता

२ बैशाख २०७८, बिहिबार


काठमाडौँ । नेकपा एमालेका सांसद झपटबहादुर रावल बसेको घरमा ढुंगामुढा प्रहार भएको छ ।

बिहीबार राज्य व्यवस्था समितिको बैठकमा सांसद रावलले आफू बसेको घरमा बुधबार राति ढुंगामुढा प्रहार भएको भन्दै सुरक्षा निकायलाई बोलाउँदा समयमा नआएको बताए ।

घटनाबारे समिति बैठकमा गृहमन्त्रीलाई जानकारी गराउँदै उनले भने,‘ म बसेको घरमा बुधबार राति १२ बजेतिर ५–१० मिनेटको अन्तरालमा पटकपटक ढुंगा प्रहार भयो । सुरक्षाकर्मी बोलाउन भनेर १०० मा फोन गर्दा फोन उठेन ।’

कोटेश्वर प्रहरी कार्यालयमा फोन गर्दा पनि फोन नउठेको र अन्तिममा हनुमानढोका प्रहरीलाई फोन गरेको र घटना भएको ४५ मिनेटपछि मात्रै प्रहरी घटनास्थल आएको रावलले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस