खनाल–नेपाल समुहले बनायो काठमाडौँ समानान्तर जिल्ला कमिटी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

खनाल–नेपाल समुहले बनायो काठमाडौँ समानान्तर जिल्ला कमिटी


प्रशासन संवाददाता

२२ चैत्र २०७७, आइतबार


काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधव कुमार नेपाल र झलनाथ खनाल पक्षले २२५ सदस्यीय काठमाडौँ जिल्ला कमिटी गठन गरेको छ।

आइतबार काठमाडौँ जिल्ला अगुवा कार्यकर्ता भेलामा नेपाल–खनाल पक्षले वसन्त मानन्धरको अध्यक्षतामा २२५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको हो। उपाध्यक्षमा शोभा सापकोटा, सचिवमा कुसु कुमार कार्की र सहसचिवमा लक्ष्मीप्रसाद श्रेष्ठलाई चयन भएका छन् ।

आइतबार बुद्धनगरमा भएको नेपाल–खनाल समुहको भेलाले समानान्तर कमिटीलाई निरन्तरता दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस