काठमाडौँ । नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय धुमबाराहीबाट थापाथली सर्ने भएको छ । बुधवार बिहान प्रधानमन्त्री केपी शर्मा ओली पार्टी कार्यालय रहने भवन निरीक्षणका लागि थापाथली हाइटस्थित उमङ्ग मार्ग जान लागेका हुन्।
प्रधानमन्त्री जाने भएको हुँदा सुरक्षाकर्मीहरू र पार्टीका केही नेता उपस्थित भएका छन्। थापाथलीस्थित सञ्जय अग्रवालको उक्त घर आजै सम्झौता गरेर एमालेले पार्टी कार्यालयका लागि भाडामा लिने तयारी गरेको हो।