काठमाडौँ । लोक सेवा आयोगले खरिदार प्रथम चरणको नतिजा प्रकाशन गर्ने क्रममा थप नौ स्थानको नतिजा सार्वजनिक गरेको छ ।
आइतबार पाँच स्थानका आयोगका कार्यालयको नतिजा प्रकाशन भएको थियो । सोमबार थप ९ कार्यालयको नतिजा प्रकाशित भएको हो ।
आइतबार इलाम धनकुटा, खोटाङ, जलेश्वर र काठमाडौँको नतिजा प्रकाशित भएको थियो । सोमबार हेटौँडा, पोखरा, बागलुङ, बुटवल, दाङ, सुर्खेत, जुम्ला, कञ्चनपुर र दिपायलको नतिजा प्रकाशित भएको हो ।
लोक सेवाले द्वितीय चरणको परीक्षा कार्यक्रम भने हाललाई स्थगित गरेको छ ।
नतिजा :