काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बैठक बोलाइएको हो ।
बैठमा पछिल्लो राजनीतिक घटनाक्रमबारे रणनीति बनाउने बताइएको छ । २३ गते बस्ने संसद बैठकमा प्रस्तुत हुने विषयमा पनि छलफल गरी रणनीति तय गर्ने बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अविश्वासको प्रस्ताव ल्याउने विषयमा पनि छलफल गरिन नेताहरुले बताएका छन् ।