अनलाइनबाट चिठ्ठा परेको भन्दै १३ लाख ठगी गर्ने एक जना पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अनलाइनबाट चिठ्ठा परेको भन्दै १३ लाख ठगी गर्ने एक जना पक्राउ


२६ माघ २०७७, सोमबार


झापा । अनलाइनबाट चिठ्ठा परेको भन्दै लाखौं ठगी गरेको अभियोगमा प्रहरीले झापाबाट एक जनालाई पक्राउ गरेको छ।

अर्जुनधारा नगरपालिका-९ स्थायी ठेगाना भएका २९ वर्षीय पंकज पौडेली विकलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय बिर्तामोड झापाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा झापा विर्तामोड नगरपालिका-२ चारपानेबाट पंकजलाई पक्राउ गरेको हो।

उनको साथबाट नगद ३ लाख ५६ हजार ७ सय १० रुपैयाँ, १ थान सवारी दर्ता किताब, विनोद काफ्लेको नामको सवारी चालक अनुमति पत्र, अनिल बस्नेत नामको सवारी चालक अनुमतिपत्रको प्रतिलिपि, पंकज पौडेलीको नामको नागरिकताको प्रतिलिपी फेला परेको छ।

उनको घरबाट नगद दुई लाख ८ हजार २ सय र उनको घर पछाडि रहेको गाई गोठको गोबरको थुप्रोभित्र फेला परेको लेडिज झोलाबाट नगद ८ लाख ३० हजार ३ सय ५ रुपैयाँ प्रहरीले बरामद गरेको छ।

उनलाई थप अनुसन्धानको लागि महानगरीय अपराध महाशाखा मीनभवन काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

सामग्री तथा पैसा भन्सारबाट छुटाउन ट्याक्स लाग्छ भन्दै उनले विभिन्न बैंकहरूको खाता नम्बर दिएर पैसा ठगी गर्ने गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस