‘अदालतले संसद विघटनलाई सदर गरे प्रचण्डजीहरुले पनि चुनाव भाग लिनुहुन्छ’ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

‘अदालतले संसद विघटनलाई सदर गरे प्रचण्डजीहरुले पनि चुनाव भाग लिनुहुन्छ’


२५ पुस २०७७, शनिबार


काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतले संसद विघटनलाई सदर गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउँछन् भन्नेमा धेरैलाई शंका रहेको बताएका छन् ।

संसद विघटनको विरोधमा शनिबार काठमाडौँ ५ मा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै देउवाले अदालतले चुनावमा जाने सरकारको कदमलाई सदर गरेको खण्डमा कांग्रेस चुनावमा जाने उनको भनाई छ।

उनले भने, ‘सर्वोच्चभन्दा ठूलो अदालत जनता हो, जनतामा जाँदा के बिग्रन्छ ?’ अदालतले चुनाव गराउने निर्णय गर्‍यो भने सबैले भाग लिन्छन्, प्रचण्डजीहरुले पनि चुनावमा भाग लिनुहुन्छ।’

सभापति देउवाले ओलीले चुनाव गराएनन् भने सबै मिलेर सडकबाटै फाल्ने बताए । संसद विघटन संविधान विरोधी कदम भएको बताएका उनले अदालतमा विचाराधीन मुद्दा भएकाले जुलुस निकालेर यो गर, वा त्यो गर भन्न नहुने धाराणा राखे ।

यद्यपि उनले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम प्रजातन्त्र विरोधी भएको बताए

Tags :
प्रतिक्रिया दिनुहोस