काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४८१ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३८२८ नमुना परीक्षण गर्दा थप ४८१ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ५८ हजार पुगेको छ ।
पछिल्लो २४ घण्टामा ७३१ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ४९ हजार ८ सय ६३ पुगेको छ।
त्यस्तै, कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजा ८ सय २५ पुगेको छ।
हाल देशभर ६ हजार ४ सय ९३ जना सक्रिय संक्रमित रहेका छन् भने ३ सय ६९ जना क्वारेन्टिनमा छन्।