काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल सकिएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपतिले आजै संसद विघटनको घोषणा गरेपछि प्रचण्डले प्रधानमन्त्री ओलीसँग कुराकानी गरेका हुन । झन्डै एक घन्टा कुराकानी भएको भएपनि ओली–प्रचण्डबीच के विषयमा कुराकानी भयो भन्ने खुलाइएको छैन।
आजै सत्तारुढ दलकै केही मन्त्रीहरूले असहमति जनाउँदा जनाउँदै पनि प्रधानमन्त्रीले एकलौटी ढंगले संसद विघटनको निर्णय गरेका थिए । प्रधानमन्त्रीको यस कदमको चौतर्फी आलोचना भएको छ ।