गजल « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

गजल


१२ चैत्र २०७३, शनिबार


तिमीले पहिला त्यो कठघरामा उभिनुपर्छ
अनि प्रत्येक अपराधको बयान प्रष्ट दिनुपर्छ

सभामा यस्तो प्रस्ताव उठायो कालिदासले
देशलाई टुप्पोमा राखेर फेद काटिनुपर्छ

पण्डितको घाटी च्यापिदियो न्वारनमै बच्चाले
र भनिदियो मेरो नाम हिटलर राखिनुपर्छ

यसरी उसको सरकारले उसैलाई हप्कायोस
सीमा मिचिदैमा तिमीले किन आँत्तिनुपर्छ ?

रगत चुसेर मोटाएका यी किर्नाहरूले
बाचुञ्जेल अर्काकै शरीरमा टासिनुपर्छ

सँगसँगै आइपुगेछन् भोकमरी र होली
महल भन्छ रङ्ग, छाप्रो, चामल बाँडिनुपर्छ

सोच्नुपर्छ छातीमा हात राखेर एकछिन
अब सहिदको रगत र सपना सम्झिनुपर्छ

Tags :
प्रतिक्रिया दिनुहोस