नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ वाटमोर नियुक्त « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ वाटमोर नियुक्त


२ पुस २०७७, बिहिबार


काठमाडौँ । नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ वाटमोर नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले आज (बिहिबार) वक्तव्य जारी गर्दै वाटमोरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको हो ।

नेपाल र ओमन अमेरिकाबीचको त्रिकोणात्मक सिरिजसँगै यसअघिका भारतीय प्रशिक्षक उमेश पटवालले राजीनामा दिएका थिए। त्यसयता क्यान मुख्य प्रशिक्षकको खोजीमा थियो।

नेपालमा क्षमतवान खेलाडीहरु रहेको र क्रिकेटमा नेपालको भविश्य उज्जल भएकाले वाटमोर नयाँ चुनौतीका लागि तयार भएको उनका म्यानेजर कौश्तभ लाहिरीले बताएका छन् ।

प्रशिक्षकका लागि वाटमोरसहित १२ जना प्रतिस्पर्धामा थिए । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जनवरी १ तारिखदेखि लागू हुने गरी वाटमोरलाई प्रशिक्षक नियुक्त गरेको हो। यसैगरी रौनकबहादुर मल्ल महाप्रबन्धक, रमेशकुमार न्यौपाने प्रमुख लेखा अधिकृत र विनोद कुमार दास क्रिकेट म्यानेजर नियुक्त भएका छन्।

श्रीलंकामा जन्मिएका वाटमोरले अस्ट्रेलियन टीमबाट १९७९ मा डेब्यु गरेका थिए। खेल करियरमा भन्दा पनि प्रशिक्षकमा रुपमा उनी सफल देखिए। उनी प्रशिक्षक रहँदा श्रीलंकाले १९९६ को विश्वकप जितेको थियो। सन् १९९० यता श्रीलंका, बंगलादेश, पाकिस्तान जस्ता हेविवेट टिमहरुलाई सम्हालिसकेका छन्। सन् २०१४ मा जिम्बावेका प्रशिक्षक बनेका उनलाई सन् २०१६ को वर्ल्ड ट्रफीमा कमजोर प्रदर्शन पछि उनी त्यहाँको प्रशिक्षकबाट हटाइएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस