काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार २३२ जनाको पिसिआर गरिएकोमा थप १ हजार २१७ जनामा कोरोना पुष्टि भएको हो। योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ४५ हजार ६५० पुगेको छ।
पछिल्लो २४ घण्टामा १०६४ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ३१ हजार ६०१ पुगेको छ।
त्यस्तै, कोरोना भाइरस संक्रमणबाट थप १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १६६३ पुगेको छ।