काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलपछि बालुवाटारमा बैठक सुरु भएको हो ।
बैठकअघि ओली र प्रचण्डबीच आधा घण्टा कुराकानी भएको थियो । दुई अध्यक्षबीच कात्तिक २५ यता भेटघाट भएको थिएन ।
आजको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको पस्तावमाथि छलफल हुने कार्यसूचि रहेको बताइएको छ ।