१० जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वप्रधानमन्त्री खनालको निर्वाचन क्षेत्रमा रु चार करोड बजेट

अ+ अ-

पशुपतिनगर । पूर्वप्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्र इलाम क्षेत्र नं १ मा पर्ने स्थानीय तहमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट विनियोजन गरिएको छ ।

छ स्थानीय तहका ३९ वडा रहेको निर्वाचन क्षेत्रमा यस वर्ष रु चार करोड बजेट निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट बाँडफाँट गरिएको हो ।

सबैभन्दा बढी १४ वटा वडा भएको सूर्योदय नगरपालिकामा रु एक करोड ३५ लाख विनियोजन गरिएको छ । इलामको कान्छो नगरपालिका माईमा रु ६८ लाख बजेट विनियोजन गरिएको छ । रोङ गाउँपालिकामा रु ६० लाख, सन्दकपुर गाउँपालिकामा रु ६७ लाख, माईजोगमाई गाउँपालिकामा रु ६० लाख र इलाम नगरपालिका पर्ने एउटा वडामा रु १० लाख बजेट विनियोजन गरिएको हो ।

कार्यक्रम परामर्श समितिका संयोजक तथा प्रतिनिधिसभा सदस्य खनालले जुम भिडियोमार्फत गरेको छलफलले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सञ्चालन कार्यविधि) नियमावली २०७७ ले आयोजना व्यवस्थापन खर्चका लागि निर्दिष्ट गरेको ०.९ प्रतिशतबाट हुन आउने र जिल्ला समन्वय समितिको कार्यलयले पाउने रकम कटाएर मात्र आयोजनाबापतको रकम भुक्तानी गर्ने गराउने निर्णय गरेको छ ।

पूर्वाधार विकास कार्यक्रमबाट प्राप्त बजेट कार्यान्वयनका सिलसिलामा सूर्योदय नगरपालिकाको एउटा आयोजना रु ५० लाखभन्दा माथिको भई ठेक्का प्रक्रियाबाट सञ्चालनका लागि बोलपत्र प्रक्रियासम्म पुग्दा कोभिड–१९ का कारण निर्माण व्यवसायीबाट काम हुन नसकेपछि बजेट फिर्ता भएको थियो । सूर्योदयका अन्य योजना सम्पन्न भएको र कोभिडको जोखिमका समयमा समेत बजेट कार्यान्वयन गरी आयोजना सफल बनाएकामा सम्बन्धित पक्षलाई धन्यवाद दिने निर्णय गरेको छ ।

छलफलमा परामर्श समिति सदस्य एवं जिसस प्रमुख गणेश बराल र उपप्रमुख चित्रकला बराइली, इलाम नगर प्रमुख महेश बस्नेत, सूर्योदय नगर प्रमुख रनबहादुर राई, माई नगर प्रमुख दीपककुमार थेबे, रोङ गाउँपालिका अध्यक्ष शम्सेर राई, सन्दकपुर गाउँपालिका अध्यक्ष उदयबहादुर राई, माईजोगमाई गाउँपालिका अध्यक्ष जीतबहादुर राई र परामर्श समितिका सदस्य सचिव जिल्ला समन्वय अधिकारी हरिबहादुर दाहालको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस