विप्लव समूहका सेक्सन कमान्डर हतियारसहित पक्राउ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

विप्लव समूहका सेक्सन कमान्डर हतियारसहित पक्राउ


७ मंसिर २०७७, आइतबार


विप्लव

काठमाडौँ । मोरङबाट विप्लव समूहका सेक्सन कमान्डर हतियारसहित पक्राउ परेका छन् । उर्लाबारी नगरपालिका–६ तरुण चोकस्थित राधिका माध्यमिक विद्यालय नजिकबाट शनिवार साँझ ७ बजेतिर ताप्लेजुङको फक्ताङ्लुङ् गाउँपालिका–२ घर भएका ३२ वर्षीय पेम्बा साङ्गे शेर्पालाई हतियारसहित पक्राउ गरिएको मोरङ प्रहरीले जानकारी दिएको छ ।

शेर्पालाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा उनी विप्लव समूहको ४ नम्बर कम्पनीका सेक्सन कमान्डर रहेको खुलेको छ । उनलाई प्रहरीले विशेष सूचनाको आधारमा पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार उनको साथबाट मेड इन यूएसए एउटा पेस्तोल, म्यागजिन र तीन राउण्ड गोली, पार्टीको पर्चा र पम्पलेट तथा दस्ताबेजहरूसमेत बरामद भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस