छठपछि कडा लकडाउन गर्न माग « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

छठपछि कडा लकडाउन गर्न माग


६ मंसिर २०७७, शनिबार


काठमाडौँ । छठ पछि कडा लकडाउन गर्न उपत्यका मेयर फोरमले माग गरेको छ ।

एक साता अघि बसेको उपत्यका मेयर फोरम र कोभिड १९ व्यवस्थापन सञ्चालन केन्द्रको बैठकमा उपत्यकामा कडा लकडाउन गर्न माग गरिएको मेयर संघका उपाध्यक्ष तथा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए ।

ललितपुर महानगर प्रमुख महर्जनका अनुसार बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले पनि उपत्यकामा विधि पुर्‍याएर लकडाउन गर्नुपर्ने धारणा राखेका थिए ।

बैठकमा गृहमन्त्री थापा गृहकार्यका साथ उपस्थित भएका र उनले पनि उपत्यकाको अवस्था हेर्दा लकडाउन गर्नुपर्ने आशय व्यक्त गरेको मेयर महर्जनको भनाइ थियो ।

उनले भने, बैठकमा १४ जना मेयरहरूको उपस्थिति थियो, चार जनाले कडा लकडाउनको माग गरे, गृहमन्त्री पनि गृहकार्यका साथ बैठकमा उपस्थित हुनुभएको थियो, उहाँले पनि विधिपूर्वक लकडाउन गरिनुपर्छ भन्ने धारणा व्यक्त गरे ।’

लकडाउन गरिएन भने उपत्यकाको अवस्था झन् भयावह बन्ने प्रमुख महर्जनको भनाइ थियो ।

उनले भने, ‘चिसो बढिरहेको छ, चिसोमा कोरोनाको सङ्क्रमण बढी हुन्छ, कोरोना नियन्त्रणको लक्ष राखेर एक पटक कडा लकडाउन गरिनुपर्ने माग छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस