विमानस्थलको सुरक्षाका लागि छुट्टै सुरक्षा युनिट आवश्यक : मन्त्री भट्टराई « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

विमानस्थलको सुरक्षाका लागि छुट्टै सुरक्षा युनिट आवश्यक : मन्त्री भट्टराई


प्रशासन संवाददाता

२ मंसिर २०७७, मंगलबार


काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विमानस्थलको सुरक्षाका लागि छुट्टै सुरक्षा युनिट गठन गर्नुपर्ने बताएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण भएको सुरक्षा गार्ड भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले विमानस्थलको सुरक्षाका लागि छुट्टै सुरक्षा इकाईको आवश्यकता रहेको बताएका हुन् ।

अन्तर्राष्ट्रिय अपराधिक क्रियाकलापसँग र त्यस्ता संगठनहरुसँग नजिक भएका व्यक्तिहरु समेत विमानस्थलबाट आवतजावत गर्ने सम्भावना भएकाले त्यसको नियन्त्रणका लागि छुट्टै विशिष्टिकृत तालिम प्राप्त सुरक्षा युनिटको आवश्यकता पर्ने बताए ।

त्यसका लागि आफूले सुरक्षा अंगहरु र सम्बन्धित मन्त्रालयसँग ‘विमानस्थल सुरक्षा प्रहरी’ नाम दिइएको छुट्टै सुरक्षा युनिट गठन गर्ने सम्बन्धमा छलफल अगाडी बढाएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस