काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २१ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ६ हजार ३५३ जनामा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयको अनुसार शुक्रबार ३५ सय ३७ जना डिस्चार्ज भएसँगै नेपालमा कोरोना निको हुनेको संख्या १ लाख ६८ हजार १२९ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार २२ रहेको छ । देशभर क्वारेन्टाइनमा ९८६ जना रहेका छन् ।
मन्त्रालयका अनुसार अहिलेसम्म १५ लाख ९३ हजार ८५० जनाको पीसीआर परीक्षण भएको छ ।