वामदेवलाई मन्त्री बन्न बाटो खुला, सर्वोच्चले दिएन अन्तरिम आदेश « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

वामदेवलाई मन्त्री बन्न बाटो खुला, सर्वोच्चले दिएन अन्तरिम आदेश


२६ कार्तिक २०७७, बुधबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने सरकारको निर्णयमा बदर गर्न माग गरिएको रिटमा अन्तरिम आदेश जारी नहुने भएको छ।

बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले गौतमलाई मन्त्री बन्नबाट रोक लगाउन अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।

अब वामदेवलाई राष्ट्रियसभा सदस्यका रूपमा काम गर्न वा उनलाई मन्त्री बनाउन समेत बाटो खुला भएको छ।

उनी विरूद्धको रिट प्रधानन्यायाधीश चोलेन्द्र राणा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वर खतिवडाको संवैधानिक इजलासले हेरिरहेको थियो।

 

 

Tags :
प्रतिक्रिया दिनुहोस