प्रधानमन्त्री ओलीले दिए अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बधाई « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रधानमन्त्री ओलीले दिए अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बधाई


२३ कार्तिक २०७७, आइतबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले डेमोक्रेटिक पार्टीका उम्मेदवार राष्ट्रपति निर्वाचनमा विजयी भएका अमेरिकामा राष्ट्रपति जो बाइडनलाई बधाई दिएका छन्।

प्रधानमन्त्री ओलीले आइतबार सामाजिक संजाल ट्वीटर मा ट्वीट गर्दै राष्ट्रपति बाइडन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका हुन्।

ऐतिहासिक जितका लागि प्रधानमन्त्रीले बधाई दिएका हुन्।

नयाँ अमेरिकी नेतृत्वसँग नजिक रहेर काम गर्न चाहेको बताउँदै ट्वीटमा प्रम ओलीले दुई देशबीच मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउन नजिकबाट काम गर्ने ‍बताएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस