३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वभरी ३ करोड ४० लाख मानिस कोरोना संक्रमणमुक्त

अ+ अ-

पेरिस । कोरोना भाइरसबाट सङ्क्रमित भएर पनि अहिले संक्रमणमुक्त भइसकेकाहरुको संख्या विश्वभरी ३ करोड ४० लाखभन्दा बढी पुगेको छ ।

विभिन्न निकायहरुले सार्वजनिक गरेको विवरण अनुसार मंगलबारसम्ममा विश्वभरी ३ करोड ४० लाख ६० हजार २४१ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भइसकेका हुन् ।

तर कोरोना भाइरसबाट सङ्क्रमित भएर मृत्यु भएकाहरुको सङ्ख्या भने १२ लाख १२ हजार ११६ पुगेको अधिकारीहरुले जनाएका छन् ।

विश्वभरी अहिलेसम्म कोरोना भाइरसबाट कुल चार करोड ७३ लाख ६३ हजार ९८५ जना सङ्क्रमित भएका छन् । कुल सङ्क्रमितमध्ये एक करोड २० लाख ९१ हजार ६२८ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् ।

अहिले पनि सङ्क्रमित अवस्थामै रहेकामध्ये झण्डै ९९ प्रतिशत अर्थात् एक करोड २० लाख चार हजार ९५७ जना मध्यम अवस्थामा रहेका छन् भने झण्डै एक प्रतिशत अर्थात ८६ हजार ६१७ जनाको अवस्था गम्भीर रहेको छ ।

सङ्क्रमित र मृतकहरुको संख्याका आधारमा हेर्दा अमेरिका सवैभन्दा बढी प्रभावित देखिएको छ । अमेरिकामा अहिलेसम्म कूल ९५ लाख ६७ हजार ५४३ जना सङ्क्रमित हुँदा कूल दुइ लाख ३६ हजार ९९७ जनाको मृत्यु भएको छ ।

त्यसैगरी दोस्रो धेरै प्रभावित भएको भारतमा अहिलेसम्म कुल ८२ लाख ६७ हजार ६२३ जना सङ्क्रमित भएका छन् भने एक लाख २३ हजार २३९ जनाको मृत्यु भएको छ ।

तेस्रो धेरै मानवीय क्षति भएको ब्राजिलमा अहिलेसम्म एक लाख ६० हजार २७२ जनाको कोरोना भाइरसकै कारण मृत्यु भएको छ । ब्राजिलमा अहिलेसम्म ५५ लाख ५४ हजार २०६ जना सङ्क्रमित भएका छन् ।

कोरोना भाइरसबाट रुसमा अहिलेसम्म १६ लाख ७३ हजार ६८६ जना सङ्क्रमित भएका छन् भने २८ हजार ८२८ जनाको मृत्यु भएको छ । कोरोना भाइरसबाट प्रभावित भएका मुलुकहरु मध्ये रुस चौथो अग्रपंक्तिमा पर्दछ ।

पाँचौँ अग्रपंक्तिमा रहेको फ्रान्समा अहिलेसम्म कोरोना भाइरसका कारण ३७ हजार ४३५ जनाको मृत्यु भएको छ । फ्रान्समा कोरोनाबाट अहिलेसम्म १४ लाख ६६ हजार ४३३ जना सङ्क्रमित भएका छन् ।

त्यसैगरी स्पेन, अर्जेन्टिना, कोलम्बिया, बेलायत र मेक्सीको कोरोना भाइरसबाट प्रभावित अग्र १० देशमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस