काठमाडौँ। नेपालमा आज २३ सय ६४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७६९ जनाको पीसीआर परीक्षण गर्दा १३८० पुरुष र ९८४ महिला गरी २३६४ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ ।
आजसम्म ३ हजार ३८ जना संक्रमणमुक्त भएका छन् । तीमध्ये १ लाख २४ हजार ८३२ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ३ हजार ३८ जना निको भएका छन् ।