सदर चिडियाखानालाई ललितपुर महानगरपालिकाको १० लाख सहयोग « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

सदर चिडियाखानालाई ललितपुर महानगरपालिकाको १० लाख सहयोग


६ कार्तिक २०७७, बिहिबार


ललितपुर । ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखानालाई ललितपुर महानगरपालिकाले १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

आर्थिक अभावका कारण चिडियाखानामा रहेका वन्यजन्तुलाई खाना खुवाउन समस्या भएपछि बिहीबार महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले चिडियाखानाका आयोजना अधिकृत डाक्टर चिरञ्जीवी पोखरेललाई सहयोगबापतको चेक हस्तान्तरण गरेका हुन् ।

मेयर महर्जनले कोभिड-१९ सङ्क्रमणका कारण चिडियाखानाको आम्दानी बन्द भएकाले वन्यजन्तुलाई खाना खुवाउन रकम उपलब्ध गराएको बताए।

सदर चिडियाखानाका आयोजना अधिकृत डा. पोखरेलले कोरोना सङ्क्रमणको जोखिमका कारण चिडियाखाना बन्द रहँदा आम्दानी ठप्प रहेको बताए।

चिडियाखानामा वार्षिक १५ करोड रुपैयाँभन्दा बढी खर्च हुने र चिडियाखानाभित्र रहेका वन्यजन्तुको खानपिनका लागि तीन करोडदेखि चार करोड रुपैयाँ खर्च हुने पोखरेलले जानकारी दिए। चिडियाखानामा एक सय १० प्रजातिका एक हजार ६८ वन्यजन्तु छन्।

Tags :
प्रतिक्रिया दिनुहोस