भारतीय सेनाध्यक्ष नरावणे कात्तिकमा नेपाल आउने « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

भारतीय सेनाध्यक्ष नरावणे कात्तिकमा नेपाल आउने


२९ आश्विन २०७७, बिहिबार


काठमाण्डौँ । भारतीय सेनाका स्थलसेनाध्यक्ष मनोज मुकुन्द नरावणे कात्तिकमा नेपाल भ्रमणमा आउने भएका छन् ।

गत माघ २० गते बसेको मन्त्रिपरिषद्को बैठकले नरावणेको नेपाल भ्रमण स्वीकृत गरेको थियो । विगतमा दुवै देशमा भएको बन्दाबन्दीका कारण स्थगित हुन गएको नरावणेको नेपाल भ्रमण यही कार्तिक १८ मा हुने नेपाली सेनाले जनाएको छ ।

भ्रमणका क्रममा राष्ट्रपति विद्या देवी भण्डारीले जनरल नरावणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस