कर्मचारीमा कोरोना देखिएपछि पाटन नगरपालिका सिल « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

कर्मचारीमा कोरोना देखिएपछि पाटन नगरपालिका सिल


२९ आश्विन २०७७, बिहिबार


बैतडी । पाटन नगरपालिका क्षेत्र आजदेखि आगामी कात्तिक ३ गतेसम्म सिल गरिएको छ ।

नगरपालिकामा कार्यरत चार कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सिल गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणदत्त पन्तले जानकारी दिए ।

नगरपालिकाभित्र समुदाय स्तरमै कोरोना भाइरसका सङ्क्रमित देखिन थालेपछि सिल गर्ने निर्णय गरेको हो ।

नगरक्षेत्र सिल भएसँगै स्वास्थ्य र आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द रहेका छन् । यसका साथै बजार, व्यवसाय, होटेल, विद्यालय, कार्यालय, संघसस्था, तालिम, गोष्ठी तथा सभा सम्मेलनमा पनि रोक लगाइएको छ । यसका साथै कात्तिक ३ गतेसम्म आवतजावतमा समेत पूर्ण रुपमा रोक लगाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस