२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खाद्यान्न अभाव हुन नदिन सरकार लागिपरेको छ : मन्त्री भट्ट

अ+ अ-

गोदावरी । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले देशभर खाद्यान्न अभाव हुन नदिन सरकार लागिपरेको बताएका छन् । प्रेस सङ्गठन नेपाल कैलालीद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले चाडपर्वका बेला खाद्यान्न अभाव हुने दुर्गम जिल्लामा सरकारले खाद्यान्न अभाव नहुने गरी व्यवस्थापन गरिरहेको बताए ।

देशका दुर्गम जिल्लामा खाद्यान्नको अवस्थाका बारेमा सरकारले जानकारी लिने गरेको बताउँदै उनले वर्षभरी खाद्यान्न अभाव हुन नदिन सरकारले व्यवस्थापनको काम गरिरहेको बताए । मन्त्री भट्टले कोरोनाका बेला पनि देशैभर आपूर्तिको समस्या नभएको उल्लेख गर्दै चाडपर्वका बेलामा हुने कालोबजारी नियन्त्रणका लागि देशभर बजार अनुगमनलाई प्रभावकारी बनाइने बताए । उनले महँगी नियन्त्रणका लागि सरकार लागिपरेको समेत दाबी गरे ।

मन्त्री भट्टले कोरोना भाइरसका कारण देशको अर्थतन्त्रमा नराम्रो प्रभाव परेको उल्लेख गर्दै त्यसलाई चलायमान बनाउन सरकार अघि बढेको बताए । कोरोनाका कारण उद्योग, कलकारखाना पूर्ण रुपमा सञ्चालनमा आउन नसेको बताउँदै उनले नेपाल सरकारको मातहतमा रहेका उद्योगको स्तरवृद्धि गर्न मन्त्रालयले समिति गठन गरेको धारणा व्यक्त गरे ।

उनले देशका विभिन्न जिल्लामा सरकारले घोषणा गरेका विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्रको काम सन्तोषजनक भइरहेको उल्लेख गर्दै कैलालीको डुडेझारी र कञ्चनपुरको दैजी औद्योगिक क्षेत्रको सबै काम सकिएर शिलान्यासको चरणमा प्रवेश गरेको जानकारी दिए । दोधरा–चाँदनी सुख्खा बन्दरगाहको काम अघि बढिसकेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस