काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रस्तावित लुम्बिनी प्रदेश संसदीय दलले दाङ राजधानीका पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।
सोमबार बिहान बुटवलमा बसेको नेकपाको प्रदेश सभाको संसदीय दलको बैठकले मतदान गर्न मिल्ने ६० जना सांसदलाई पक्षमा मतदान गर्न ह्विप जारी गरेको हो ।
राजधानी दाङ लैजाने प्रस्ताव गरेपछि बुटवलमा आन्दोलन चर्किएको छ । प्रमुख प्रतिपक्ष तथा सत्तारूढ दलका नेताहरू नै असहमति जनाउँदै आएका छन् ।
तर, नेकपाले ह्विप जारी गरेपछि दाङमै राजधानी हुने निश्चित जसतै भएको छ । प्रदेशको स्थायी राजधानी तोक्न दुईतिहाइ मत आवश्यक पर्छ । ८७ सदस्यीय प्रदेशसभामा नेकपा एक्लैको दुईतिहाइ मत छ । प्रदेशसभामा नेकपाका ६१ सांसद छन् । कांग्रेसका १९, जनता समाजवादी पार्टीको ६ र राष्ट्रिय जनमोर्चाको १ सांसद छन् ।