२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषिमा ‘हाइटेक ’ भित्र्याउदै, मनग्ये आम्दानी लिदै

अ+ अ-

खोटाङ । गुणस्तरीय तथा उच्च मूल्ययुक्त तरकारी उत्पादन गर्ने उद्देश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडास्थित बुवालुङका युवा किसानले उच्च प्रविधि (हाइटेक) निर्माण गरेका छन् ।

सुम्नीमा मेरुङ कृषि समूहमा आवद्ध उनीहरुले प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको रु १९ लाख तथा कृषि समूहको रु आठ लाख ३३ हजारको लागतमा जिआइ पाईप र यूबी प्लाष्टिक प्रयोग गरेर प्रोटेक्ट हर्टिकल्चर प्रविधि विस्तार गरेका हुन् । विस्तार गरिएको हाइटेक ५० मिटर लम्बाई र १० मिटर चौडाईको रहेको छ ।

समूहका अध्यक्ष गजेन्द्र राईले हाइटेकभित्र उच्च गुणस्तरको गोलभेँडा, अकबरे खुर्सानी, बन्दा, काउली, काँक्रो, गाजर लगायतका फलफूल तथा तरकारी खेती गर्नेगरी प्रोटेक्ट हर्टिकल्चर प्रविधि भित्र्याइएकोे बताए । ‘स्थानीय बजारमा गुणस्तरीय तथा उच्च मुल्ययुक्त तरकारीको मागलाई पुरा गर्दै बाह्य बजारमा निर्यात गर्ने लक्ष्यका साथ हाइटेक निर्माण गरिएको छ’, उनले भने, ‘हाइटेकभित्र वार्षिक न्यूनतम १४ हजार केजी तरकारी उत्पादन गर्ने लक्ष्य राखिएको छ ।’

तापक्रम, हावा, पानीलाई नियन्त्रण गरी बालीनालीका लागि अनुकुल वातावरण सिर्जना गर्ने हाइटेक निर्माणका लागि सुम्नीमा मेरुङ कृषि समूहले गत असार २ गते सम्झौता गरेको जनाएको छ । कृषि पेशामा ‘पूर्णकालीन’ बनेर सामूहिकरुपमा कृषिको व्यवसायीकरणमा जुटेका दोर्पाचिउरीडाँडास्थित बुवासुङका युवाले अलैँची, आलु, अदुवा, अम्रिसो, बेसार, तिते करेला, अकबरे खुर्सानी, लसुन, जापानिज नास्पाती, किबी, एभोकार्डो, माछा, सुँगुर तथा तरकारी खेती गर्दै आएका छन् ।

विसं २०७०देखि व्यवसायिक कृषि फर्म सञ्चालन गर्दै आएका १५ जना युवा किसानले घरजग्गा छाडेर तराई बसिरहेका आफन्तको करीब २०० रोपनी जग्गा भाडामा लिएर सामूहिक खेती शुरु गरेका हुन् । निर्वाहमुखि कृषिलाई व्यवसायीकरण गर्दै कृषिलाई पनि आकर्षक पेशाकारुपमा स्थापित गर्ने लक्ष्यका साथ १५ जना स्थानीय युवाले एकैसाथ ठूलो क्षेत्रफलमा खेती लगाएका हुन् ।

सामूहिक रुपमा शुरु गरिएको तरकारी तथा फलफूल खेतीले हाल प्रतिफलसमेत दिन थालेको समूहका अध्यक्ष राईले बताए । कृषि पेशाप्रति युवा शक्तिको मोह जगाउँदै गाउँमै रोजगारीको वातावरण सिर्जना गर्न सामुहिक खेतीमा लागेका युवाले कृषि फर्म क्षेत्रभित्रै बसोबास गर्न चार कोठे भवन र छाप्रो बनाएका छन् ।

गाउँमा आफ्नै छुट्टै घर भए पनि उनीहरुको अधिकांश समय सोही छाप्रोमा बित्ने गरेको छ । जमिन खनजोतदेखि बीउ छर्ने, गोडमेल गर्ने, मलजल गर्ने र थन्क्याउनेसम्मका काममा उनीहरु सामूहिकरुपमै खट्ने गरेका छन् । सबै शेयरहोल्डर युवा कृषि फर्ममा आलु, अदुवा, तरकारी, ग्रासकार्प जातको माछा लगायत हेरचाहकै काममा दिन बिताउने गरेका छन् । कृषि पेशामै पूर्णकालीन बनेर सामूहिक खेती लगाएको दोश्रो वर्षदेखि नै आलु, अदुवा र माछाबाट आम्दानी आउन थालेको अध्यक्ष राईले जानकारी दिए ।

समूहले भाडाको जग्गामा वार्षिक ७/८ मुरी आलु रोप्ने गरेको छ । कामको जिम्मेवारी बाँडफाँड हुने, बजार व्यवस्थापनमा सजिलो हुने, कामको बोझ कम हुने, कामका लागि जनशक्ति खोजीरहनु नपर्ने, बीउबिजन, मल जुटाउन सहकार्य हुने र अप्ठ्यारो कामको सजिलै सामना गर्न सकिने भएकाले सामूहिकरुपमा कृषि व्यवसाय शुरु गरिएको कृषक समूहले जनाएको छ ।

साझेदारीमा शुरु गरिएको कृषि व्यवसायकाक्रममा हालसम्म सरकारी र लगानीकर्ताको गरी रु एक करोडभन्दा बढीको लगानी भइसकेको जनाइएको छ । समस्या र चुनौतिको चाङ भए पनि कृषिको व्यवसायीकरणमा पूर्णकालीन बनेर लागेका युवा आफ्नो लक्ष्य प्राप्तिका लागि निरन्तर पसिना बगाइरहेका छन् । आलुबाट वार्षिक रु ६० हजार र अदुवाबाट रु ३५ हजारसम्म आम्दानी भइरहेको छ । माछा, सुँगुर, तरकारी लगायतका फलफूलबाट आउने आम्दानी पनि सन्तोषजनक रहेको जनाइएको छ । समूहलाई अलैँचीबाट पनि आम्दानी आउन थालेको पाइएको छ । आगामी दिनमा अलैँचीको बेर्नासमेत बिक्री गर्नेगरी नर्सरी लगाइएको कृषक समूहले जनाएको छ ।