१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केराबारी गाउँपालिकामा कर्मचारी आवश्यक : १५ दिन भित्र दरखास्त दिन आह्वान

अ+ अ-

काठमाडौँ । मोरङको केराबारी गाउँपालिकाले कर्मचारी माग गरेको छ । गाउँपालिकाले मेडिकल अधिकृतदेखि कार्यालय सहयोगीसम्म १२ जना कर्मचारीको माग गरेको हो ।

गाउँपालिकाले एक सूचना जारी गर्दै करारमा पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ । योग्यता पुगेका  इच्छुक नेपाली नागरिकले १५ दिन भित्र निवेदन दिन सूचनामा भनिएको छ ।

गाउँपालिकाले मेडिकल अधिकृत १ जना, अहेव २ जान, अनमि १ जना, ल्याब असिस्टेन्ट ३ जना र ५ जना कार्यालय (सहयोगी श्रेणीविहीन)का लागि विज्ञापन गरेको हो ।

मेडिकल अधिकृतको लागि आवश्यक न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट एमबीबीएस गरी काउन्सिलमा दर्ता गरेको हुनुपर्ने छ ।

यस्तै अहेबको लागि सीएमए उत्तीर्ण गरी काउन्सिलमा दर्ता भएको र अनमिको लागि मान्यता प्राप्त शिक्षणसंस्थाबाट एएनएम उत्तीर्ण गरी काउन्सिलमा दर्ता भएको हुनुपर्ने छ । यस्तै ल्याब असिस्टेन्टको लागि ल्याब असिस्टेन्ट उत्तीर्ण गरी काउन्सिलमा दर्ता भएको हुनुपर्ने छ ।

मेडिकल अधिकृतको लागि २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको र अहेब अनमिको लागि १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनुपर्ने छ । कार्यालय सहयोगीको हकमा भने शैक्षिक योग्यता सामान्य लेखपढ गर्न जान्ने र उमेर १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने छ ।

परीक्षाको किसिम लिखित र अन्तर्वार्ता हुने गाउँपालिकाले जनाएको छ । परीक्षाको मिति भने छोटो सूची प्रकाशन सँगै हुने सूचनामा भनिएको छ ।

सूचना:
प्रतिक्रिया दिनुहोस