सप्तरीमा हटिया लगाउन रोक « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

सप्तरीमा हटिया लगाउन रोक


प्रशासन संवाददाता

१० आश्विन २०७७, शनिबार


सप्तरी । सप्तरीमा हटिया लगाउन रोक लगाएको छ ।

नगरपालिकामा कोरोना भाइरस सङ्क्रमण तीव्र रूपमा फैलिई रहेको भन्दै शम्भुनाथ नगरपालिकाको कार्यालयले नगरपालिका अन्तर्गत रहेका सार्वजनिक हटियाहरू ट्राफिक हटिया, कठौना हटिया, लहर नियाँ हटिया, डेढवा हटिया, कुशहा हटिया नलगाउने निर्णय गरेको हो ।

साथै नगरपालिकाको सूचना बेवास्ता गरेमा सो बाट हुन सक्ने जोखिमको जिम्मेवार नगरपालिका नहुनेसमेत नगर प्रमुख योगेन्द्र पैसाद चौधरीद्वारा जारी सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस