उपप्रधानमन्त्री पोखरेलबाट प्रभावकारी रणनीति प्रस्ताव तयार गर्न केन्द्रलाई निर्देशन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

उपप्रधानमन्त्री पोखरेलबाट प्रभावकारी रणनीति प्रस्ताव तयार गर्न केन्द्रलाई निर्देशन


८ आश्विन २०७७, बिहिबार


काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेललें कोभिड–१९ संङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी) लाई सङ्क्रमण रोकथाम प्रतिकार्यका लागि प्रभावकारी रणनीति प्रस्ताव तयार गर्न निर्देशन दिएका छन् ।

कोभिड–१९ महामारी नियन्त्रण प्रतिकार्यमा हालसम्म गरिएका कार्यको समीक्षा, भविष्यको प्रक्षेपण र लिनुपर्ने रणनीतिबारे केन्द्रले तयार गरेको वर्तमान वस्तुस्थितिको विश्लेषणसहितको प्रस्तुतीकरण सुनेपछि उनले उक्त निर्देशन दिएका हुन् ।

छाउनीस्थित उक्त केन्द्रमा हिजो (बुधबार) भएको बैठकमा सेवा प्रदायक संस्थाका प्रतिनिधिसँग पनि छलफल गरी रायसुझाव लिइएको जानकारी प्राप्त भएको छ ।

बैठकमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय एवं केन्द्रका पदाधिकारी सहभागी थिए ।

यसैबीच मुलुकमा कोभिड-१९का सक्रिय बिरामीको सङ्ख्या २५ हजार नाघेका खण्डमा पुन बन्दाबन्दी गर्नुपर्ने अवस्था आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल मुलुकमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार ४१४ तथा कोभिड-१९ बाट ज्याउन गुमाउनेको सङ्ख्या ४२९ पुगिसकेको छ ।

मुलुकमा हालसम्म नौ लाख ३४ हजार ९७७ जनाको स्वास्थ्य परीक्षण गरिएकामा ६६ हजार ३३२ मा कोरोना पुष्टि भएको थियो । तीमध्ये हालसम्म ४८ हजार ६१ जना निको भएर घर फर्किसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस