काठमाडौं । बितेको २४ घण्टामा विश्वमा ५ हजार ६२० कोरोना संक्रमितको मृत्यु भएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा ५ हजार ३६१ कोरोना संक्रमितको मृत्यु भएको थियो ।
विश्व स्वास्थ्य संगठनका अनुसार २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ९ लाख ५४ हजार ४१७ जनाको मृत्यु भइसकेको छ ।
संक्रमितको संख्या ३ करोड ६ लाख ७५ हजार ६७५ पुगेको छ ।