शेरधन राई विरुद्धको मुद्दा फिर्ता लिएकी बालिका खड्का पेरिसडाँडाबाट पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

शेरधन राई विरुद्धको मुद्दा फिर्ता लिएकी बालिका खड्का पेरिसडाँडाबाट पक्राउ


प्रशासन संवाददाता

४ आश्विन २०७७, आइतबार


काठमाडौं । बालिका खड्का पेरिसडाँडाबाट पक्राउ परेकी छन् । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको मुद्दा फिर्ता लिएकी बालिका खड्कालाई आज प्रहरीले पेरिसडाँडाबाट नियन्त्रणमा लिएको हो।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक चलिरहेका बेला पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा प्रवेश गर्न खोज्दा उलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

बैठक चलिरहेका बेला नेताहरुलाई भेट्नुपर्ने भन्दै कार्यालय छिर्न खोज्दा नियन्त्रणमा लिइ उनलाई महानगरीय प्रहरी प्रभाग, कोटेश्वरमा राखिएको काठमाडौं प्रहरीका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

खड्का दोलखाकी नेकपा कार्यकर्ता हुन् । उनले मुख्यमन्त्री राईले आफूमाथि यौन दुर्व्यवहार गरेको र लिभिङ टुगेदरमा राखेर छाडेको भन्दै अंश दाबी गर्दै जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता गराएकी थिइन् ।

उनले भदौ ३१ मा अरुको उक्साहटमा परेर आरोप लगाएको बताउँदै मुद्दा फिर्ताका लागि निवेदन दिएकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस