काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमण भई निको हुनेको संख्या विश्वभर २ करोड ५ लाख ८५ हजार पुगेको छ ।
हालसम्म २ करोड ८६ लाख ५९ हजार जनसंख्या कोरोना संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म कोरोना संक्रमण भइ ज्यान गुमाउनेको संख्या भने ९ लाख १९ हजार ७१५ पुगेको ओर्ल्डोमिटरले जानकारी दिएको छ ।
कोरोना भाइरस संक्रमित मध्ये ६० हजार केस अझै गम्भीर अवस्थाका रहेको बताईको छ भने ७० लाख केसको अवस्था समान्य रहेको छ । हालसम्म २१३ देशमा मात्रै कोरोना भाइरस देखिएको छ ।