२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म तोप चरा

अ+ अ-

हिउँद लागि सक्यो
साथी हो छिटो छिटो गरौँ
उडानको वेग भरौँ
आउन् पोथीहरू बिस्तारै बिस्तारै
गीत गाउँदै नाच्दै, रमाउँदै
पहाडी टाकुराबाट अब तल झर्नु छ
उपयुक्त ठाउँ खोजेर
सुन्दर गुँड निर्माण गर्नु छ ।

कागले जस्तो झिँजा बटुलेर
ढुकुरे पाराको टालटुल पारेर
बस्दिनन् मेरी मायालु
त्यस्तोमा घरजम गरेर
त्यसैले,
घाँसका त्यान्द्रा बटुल्दै
भाले भालेको प्रतिस्पर्धा गर्दै
कलात्मक गुँड बनाउनु छ,
न शत्रु पस्न सकोस्
न मौसमले बिगारोस्
ढुक्क भएर मेरी रानीले
प्यारा चल्ला कोरलोस् ।

परिश्रम गर्ने छु हरबखत
विश्राम नलिई निमेष भर
बैँसको मादकता चढेपछि
मेरो शिरको सुनौलो ताजमा
चमक टलक्क बढेपछि
नशालु नयनी
गाजली मेरी प्रियतमालाई
बोलाउने छु फकाई फकाई ।

भुर्र उडेर घरी घरी
वल्लो र पल्लो डालीमा
निरीक्षण गर्दै गुँडहरू
रोजेर जब आउने छिन्
सिँगारिएको मेरो गुँडमा
मन्त्रमुग्ध पारेर
भित्र्याउने छु यसै पालिमा ।

बसेर सँगै भाले पोथी
मिलेर हाम्रो युगल जोडी
प्रणय उत्सव मनाउँदै
बढाउँदै प्रेममय गतिविधि
जन्माउने छौँ जोडी बचेरा
बन्नेछन् हाम्रा प्रतिनिधि ।

चखेवाको जोडी
उपमा दिने मान्छेहरू
ढुकुर जोडीको
कल्पना गर्ने मान्छेहरू
देखाउने छौँ हामी पनि
तिमीहरूलाई प्रेमको परिभाषा
अनि पो बल्ल भन्ने छौँ
रहेछ तोपचरा तिम्रो
अनौठो प्रेम पो खास्सा ।
……अस्तु……

प्रतिक्रिया दिनुहोस